logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरामा तार र पोल कै कारण चार जनाले जीवन गुमाए


  • राजनीति
  • शुक्रबार, मंसिर २८ २०७५

गत साउन २६, २०७४ मा पोखराका विष्णु बस्ताकोटी मोटरसाइकलमा अमरसिंहबाट महेन्द्रपुल जाँदै थिए । रानीपौवा पुगेपछि विजुलीको तार चुडिएर उनलाई करेन्ट लाग्यो । करेन्टले उनको शरीर जल्यो । अढाइ महिना लामो उपचारपछि पनि निको हुन नसकेका उनको २६ वर्षको उमेरमै मृत्यु भयो ।

भदौ १७ को राति पोखराका दुई युवक सिंगापुरे टोलबाट अमरसिंहचोक जाँदै थिए । उनीहरू सवार ग१०प ५९२९ को मोटरसाइकल अमरसिंह चोक पुग्ने बेलामा बिजुलीको पोलमा ठोक्कियो । बाटोको बीचमा ठडिएको पोलमा ठोक्किँदा २१ वर्षीय सोनित गुरुङ र १८ वर्षीय अनुप गुरुङले ज्यान गुमाए ।

साउनयता मात्रै बिजुलीको तार र पोलकै कारण चारले जीवन गुमाइसकेका छनE0क्किँदा उनको निधन भयो । पोखरामा यत्रतत्र छरिएका बिजुलीको तार र % पाइलट सन्दीप सिग्देल सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा उनको निधन भयो । पोखरामा यत्रतत्र छरिएका बिजुलीको तार र सडककै बीचका पोल नहटाइँदा सडक दुर्घटनामा वृद्धि भएको छ । सडकमा ठडिएका पोलमै ठोक्किएर यात्रुले अनाहकमा ज्यान गुमाउनुपरेको छ ।

गत वर्षको चैत्र ९ गते बसको छतमा राखेर ल्याइएको हाते ट्याक्टर पोखरा महानगरको अमरसिंह चोकको बिजुलीको तारमा झुन्डियो । तारमा ट्याक्टर झुन्डिएपछि निकाल्न समस्या भयो ।

गएको साउन २ गते पोखराको गणेश टोलमा एक्कासी आँगलागी भयो ।

बिहान पौने ८ बजे लागेको आँगो दमकलको सहायतामा एक घन्टापछि मात्र नियन्त्रणमा आयो । अव्यवस्थित तारका कारण पोखरामा घटेका यि त प्रतिनीधि घटना मात्र हुन् । पर्यटकीय शहर पोखराका सडकमा रहेका विजुली, केबुल, टेलिफोन र इन्टरनेटका अब्यवस्थित तारका कारण दुर्घटनाको जोखिम बढेको छ । सडक छेउका पोलमा अब्यस्थित तारहरु गुजुल्टो पारिएका छन् भने अनावश्यक रुपमा तारहरुले शहर कुरुप बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार