राजनीति
काठमाडौं– चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडांै आएपछि शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै शृङ्खलाले ‘मलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना छ’ भन्दै इच्छा जाहेर गरेकी छिन ।
आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् । मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले नेपालको पहिलो प्रधानमन्त्री बन्ने सपना बोकेको बताएकी छन् ।
प्रतियोगिताका क्रममा नेपालीले भोट दिएर साथ दिएपनि आफु टप १२ बाटै बाहिरिनु परेको शृङ्खलाको भनाई छ । ‘टप फाइभमा पनि नपर्दा खल्लो लाग्नु स्वभाविक हो । धेरै नेपालीले आश गर्दै साथ पनि दिएका थिए । तर, निर्णायक मण्डलको निर्णयमा म टप–१२ बाटै बाहिरिए’ पत्रकार सम्मेलनमा शृङ्खलाले भनिन् ।
चीनको सान्या शहरमा भएको प्रतियोगितामा विश्वका १२१ सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये उनी १२ औं नम्बरमा परेकी थिइन् । त्यसमध्ये उनले दुई अवार्ड समेत जितेकी थिइन । खतिवडाले मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड पनि हात पारेकी छिन् ।