राजनीति
CPN-UML Chairman KP Sharma Oli-DPM Bam Dev Gautam
बामदेव गौतमले स्थायी समितिमा राखेको प्रस्तावको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खिल्ली उडाएका छन् ।
नेकपा कार्यालय धुम्बाराहीमा नेपाल कानुन व्इवसायी संगठनहरुको एकता घोषणा कार्यक्रममा आईतबार बोल्दै उनले खिल्ली उडाएका हुन् । शनिबारको नेकपा स्थायी समिति बैठकमा गौतमले छुट्टै प्रस्ताव दर्ता गरेका थिए । उनले एक व्यक्ति एक पद हुनु पर्ने जिकिर गरेका थिए । अहिले नेकपामा दुइटा अध्यक्ष छन्, ओली र पुष्पकमल दाहाल प्रचण्ड । प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष छोड्नु पर्ने गौतमको भनाइ थियो ।
उनले दुइटा अध्यक्ष भएर पार्टी राम्रोसँग चलिरहेको भन्दै प्रधानमन्त्री ओलीले खिल्ली गरेका हुन् । बताए । ‘पार्टीमा दुई अध्यक्ष रहेर राम्रो काम गरेका छौं,’ ओलीले भने, ‘संविधानले मान्दैन। नत्र दुई वटा प्रधानमन्त्री बनाउँथ्यौँ।’ ।’
आफूले बुद्धिजीवीहरुका विषमा गरेको टिप्पणीलाई गलत रुपमा व्याख्या गरिएको ओलीले बताए । आफूले सबै बुद्धिजीवीलाई नभनेको उनको स्पष्टोक्ती थियो ।