logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

८० लाखमा बिक्री गर्न नेपाल ल्याएको दुईमुखे सर्प हेर्नुस


  • राजनीति
  • सोमबार, पुष २ २०७५

नेपालगञ्ज –  नेपालगञ्ज–४, न्यूरोडका लोकबहादुर सुनार भारतबाट ल्याएको दुईमुखे सर्पसहित पक्राउ परेका छन। भारतबाट नेपालगञ्जसम्म सर्प ल्याउन भरिया बनेका नेपालगञ्ज–१६ का मुराद अलि साईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सर्प तस्कर र भरियाका बीचमा विवाद भएपछि पहिलो पटक यस्तो धन्दा बाहिर आएको छ । सुनारले दुईमुखे सर्पलाई भारतमा एक लाख ६० हजारमा किनेको बताएका छन् । नेपालमा सर्प तस्करी हुने गरेको खुलासा भएको छ । भारतबाट सर्प तस्करी गरेर नेपालमा करोड रुपैयाँ सम्ममा बिक्री हुने गरेको खुलासा भएको हो ।

 प्रहरीले सुनारको घरको धारा नजिक जमिनमुनी लुकाएर राखेको सर्पसमेत बरामद गरेको छ । प्रहरीले सर्प वन कार्यालयमा पठाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार