logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

एक घन्टा घेराबन्दीमा गभर्नर


  • राजनीति
  • सोमबार, भाद्र २६ २०७४

राष्ट्र बैंकमा ३० वर्षे सेवाअवधिको प्रावधान हटाउन लागिएको भन्दै कर्मचारीहरुबाट भइरहेको बिरोध अन्तरगत सोमवार गभर्नर डा. चिरञ्जीवि नेपाललाई कर्मचारीहरुले घेराबन्दी गरेका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले गभर्नर नेपाललाई घेराउ गरेका हुन् । ११ वर्षअघि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत राष्ट्र बैंक लगायत अन्य केही ठुला सरकारी बैंकमा लागु गरिएको ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन राष्ट्र बैंकका उच्च अधिकारीहरु नै लागेको भन्दै कर्मचारीहरुले बिरोध गर्दै आएका छन् ।
‘राष्ट्र बैंकमा पुराना कर्मचारीलाई अवकास दिएर नयाँ कर्मचारी ल्याउदा खर्च बढ्छ भन्ने हो भने पनि त्यसको तथ्यबाट पुष्टि हुनुपर्दछ,’ संघका महासचिव राजिव शर्मा रेग्मीले भने । उनले राष्ट्र बैंकमा रहेका पुराना कर्मचारीको क्षमता र नयाँ आउनेको क्षमता लगायत सबै आधारमा कुन जनशक्ति राख्दा राष्ट्र बैंकलाई बढि भार पर्छ भन्ने पनि तथ्य आउनु पर्ने बताए ।

संघले विनियमावली संशोधनको लागि बनेको समितिमा युनियनको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । विनियमावली संशोधनको लागि गठन भएकै समितिको औचित्य माथी पनि कर्मचारीहरुले प्रश्न उठाइरहेका छन् । जनशक्ति व्यवस्थापन बिभागमा यही कारण ल्याइएको आरोप खेपिरहेका निर्देशक डा.गोपाल प्रसाद भट्ट समेत अवकाश पाप्त गर्ने क्रममा रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार