logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए २० स्मार्टफोन आयो ,”बजार मुल्य हेर्नुस”


  • राजनीति
  • मंगलबार, बैशाख ३ २०७६

पोखरा – सामसङले नेपाली बजारमा ग्यालेक्सी ए२० स्मार्टफोन प्रस्तुत गरेको छ । यो फोन यस वर्ष ग्यालेक्सी ए सिरिज अन्तर्गतको तेस्रो फोन भएकाे कम्पनीले जनाएकाे छ । ग्यालेक्सी ए२० मा डुअल क्यामराका साथ अल्ट्रा–वाइड लेन्स, तथा चाँडो चार्ज हुने ४००० मिलि एम्प आवरकाे ब्याट्री रहेको छ भने सुपर एमोलेड डिस्प्ले रहेकाे छ ।

यसमा एण्ड्राेइडकाे सबैभन्दा पछिल्लाे भर्जन एण्ड्राेइड पाइ अपरेटिङ सिस्टम तथा सामसङ वान युजर इन्टरफेस रहेकाे कम्पनीले जनाएकाे छ ।

यसकाे बजार मूल्य २०,४९० रुपैयाँ ताेकिएकाे छ भने सुनौलो, नीलो र कालो रंगमा उपलब्ध छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार