राजनीति
पोखरा- पोखरामा निर्माणधिन क्षेत्रीय विमानस्थलको धावनमार्ग बनाउने काम सकिएको छ।
इन्जिनियरिङ, प्रोक्र्युमेन्ट, कन्स्ट्रक्सन,फाइनान्सिङ(इपिसिएफ) मोडलमा निर्माणको जिम्मा पाएको डिजाइन बनाइरहेको चाइना सिएएनसी इन्जिनियरिङ कन्सलटेन्सीले धावनमार्ग निर्माणको काम सम्पन्न गरेको हो।२५ सय मिटर लामो र ४५ मिटर चौडाईको धावनमार्ग, एप्रोन निर्माण निर्माण भएपनि विमानस्थलमा आवस्यक अन्य टर्मिनल, टावर लगायतका भवन र अन्य पूर्वाधार निर्माणको काम भने बाँकी नै रहेको छ।
जसका कारण सन् २०२० भित्र सबै प्रक्रिया पुरा हुने नेपाल नागरिक उड्डयन प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना हेर्ने निर्देशक इन्जियिनर प्रदिप अधिकारीले जानकारी दिए।कूल २१५।९६७ मिलियन अमेरिकी डलर लागतमा चिनियाँ एक्जिम ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिने सम्झौता रहेको छ।
ऋणको ब्याजदर भने २ प्रतिशत रहने सम्झौतमा उल्लेख गरिएको छ।
निर्माण हुने उक्त विमानस्थलमा पाँचवटा मध्यमस्तरिय विमान पार्किङ गर्ने वे निर्माण हुनेछन्। जहाँ बोइङ–७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरुमात्र ल्यान्ड गर्नमिल्ने छ।