logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फोटोकपीको भरमा करोडौंको जग्गा पास


  • पत्रपत्रिका
  • आइतबार, बैशाख २९ २०७६

अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता नं. १६ र २३२ को जग्गा फोटोकपीको भरमा पास गरिएको छ । यो जग्गा शैलजा भट्टको हो । यो हाल काठमाडौं महानगरपालिका–३२ मा पर्छ ।

काठमाडौंको तीनकुनेमा रहेको सो जग्गा ५ आना ० पैसा ३ दाम र १ आना २ पैसा ३ दाम क्षेत्रफल रहेको जग्गा अधिकृत वारेसनामाको फोटोकपी पेस गरेकै आधारमा मालपोल कार्यालय डिल्लीबजारले पटक–पटक थुप्रै व्यक्तिको नाममा पास गरेको पाइएको छ ।

शैलजा भट्टको नाममा रहेको जग्गा ०७५ पुस २३ गते मालपोत कार्यालय डिल्लीबजारले अधिकृत वारेसनामाको फोटोकपीकै भरमा मीनबहादुर तामाङ, वीरबहादुर तामाङ, जितेन्द्र विष्ट र सञ्जित थपलियाको नाममा पास गरिदिएको पाइएको हो । याे समाचार मनाेज रेग्मीले नेपाल समाचारपत्रमा लेखेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार