logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

टायर रिसोलिङ सेन्टरमा आगलागी,झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति


  • राजनीति
  • बिहिबार, जेष्ठ २ २०७६

दोलखा – भिमेश्वर नगरपालिका वडा नम्बर ३ बसपार्कमा रहेको त्रिपूरा रिहाना टायर रिसोलिङ सेन्टरमा आगलागी भएको छ। शम्भु भनेर चिनिने टुनाबहादुर खत्रीको घरमा आफैँले संचालन गरेको रिसोलिङ सेन्टरमा बिजुली सर्ट भइ गएराति साढे १ बजे आगलागी हुँदा झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । रिसोलिङ सेन्टर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीमा परेर खत्रीकी श्रीमती ५५ वर्षीया राधा खत्री र २५ वर्षीय छोरा राजु खत्री सामान्य घाइते भएका छन् । घाइतेको चरिकोटमा रहेको छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

दम्कलसहित स्थानीय सुरक्षाकर्मी र स्थानीयवासीन्दाको सक्रियतामा बिहान सवा ५ बजे आगो नियन्त्रणमा आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार