राजनीति
काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका छ्न। बुधबार आर्थिक वर्ष २०७६ ७७ को बजेट भाषण गर्दै सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको हो ।
बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल)का कर्मचारीको तलब २० प्रतिशत बढ्ने छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दा माथि) को तलब १८ प्रतिशतले बढ्ने छ। यो पटक तीन वर्षपछि सरकारी कर्मचारीको तलब वृद्धि भएको हो। शिक्षक, कर्मचारी, सेना, पुलिसलगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढ्ने भएको हो।
पोशाक भत्ता, महंगी भत्तालगायतका अन्य सुविधा भने यथावत रहने छन्।
कसको तलब कति बढ्यो ?

५५ हजार रुपैयाँ तलब खाने मुख्य सचिवको तलब बजेट भाषण अनुसार ६५ हजार बढेको छ। त्यसैगरी ५१ हजार खाने सचिवको तलब ६० हजार पुगेको छ भने ४० हजार रुपैयाँ खाने सहसचिवको तलब ४७ हजार रुपैयाँ पुगेको छ।
त्यसैगरी ३४ हजार तलब खाने उपसचिवको तलब ४० हजार रुपैयाँ पुगेको छ। शाखा अधिकृको तलब ३० हजारबाट करिब ३६ हजार रुपैयाँ पुगेको छ। नायब सुब्बा (अतिरिक्त मान) को तलब भने ३० हजार आठ सय पुगेको छ। यसअघि २५ हजार ६ सय रुपैयाँ थियो।
नायब सुब्बाको तलब भने २३ हजारबाट २८ हजार रुपैयाँ पुगेको छ। खरिदार अतिरिक्त मान)को तलब २२ हजार ९ सय ७० बाट २७ हजार ५ सय ६४ पुगेको छ। २२ हजार रुपैया खाने खरिदारको तलब २६ हजार ६ सय रुपैयाँ पुगेको छ।