logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आनीको खातामा १५ करोड, स्रोत खुलेन, प्रधानमन्त्री समेत मुछिने खतरा


  • राजनीति
  • बुधबार, जेष्ठ २२ २०७६

चर्चित गायिका आनी छोइङ डोल्माले बैक खातामा शंकास्पद धन देखिएको छ । उनको बैक खातामा स्रोत नखुलेको शंकास्पद १५ करोड नगद रुपैया देखिएको हो । उनको खातामा भित्रिएको पैसाको स्रोत नखुलेपछि कानून अनुसार बैकले रोक्का गरेको छ । बैंकिङ प्रणालीबाटै विदेशबाट ल्याइएको पैसाको स्रोत नखुलेपछि मेगा बैंक नेपालले उक्त रकम रोक्का गरेको हो ।

आनीले हङकङको एसेट म्यानेजमेन्ट कम्पनी मा कार्यरत एक ब्यक्तिबाट १५ लाख डलर (विनिमय दर १०० रुपैयाँका हिसाबले १५ करोड रुपैयाँ) नेपाल ल्याएकी थिइन्। बैंकमा आनीका नाममा एकै पटक ठूलो रकम आएपछि त्यसलाई शंकास्पद भन्दै मेगाले राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाई लाई खबर गरिदिएको थियो। कानून अनुसार बैकले यो जिम्मेवारी पूरा गर्नुपर्छ नै । उसले सोही दायीत्व पूरा गरेको हो । बैकका एक उच्च अधिकारीले जानकारी दिए ।

कुनै पनि ग्राहकको कारोबार अस्वभाविक देखिएमा बैंकले स्वतः राष्ट्र बैकमा रहेको इकाइलाई खबर गरिदिनुपर्छ। इकाइले प्रारम्भिक सूचना विश्लेषण गर्छ। त्यसमा उसलाई शंकास्पद लागेमा थप अनुसन्धानका लागि सम्पति शुद्धिकरण विभागलाई जिम्मा लगाईदिनुपर्ने हुन्छ । अहिले विभागले पैसाका बारेमा अनुसन्धान गरिरहेको विभागका उच्च अधिकारीले बताए ।

यो घटना एक बर्षअघिको हो । तर यसलाई बैंक तथा विभाग सबै पक्षले गोप्य राखेका छन् । उच्च राजनीतिक तथा सरकारी तह, राष्ट्र बैंककै वहालवाला तथा पूर्व वरिष्ठ अधिकृतहरुले यो पैसा जसरी पनि खुलाउनु पर्ने भन्दै दबाब बनाएका कारण गोप्य राखिएको बुझिएको छ ।

पैसा रोकिएपछि आनीले प्रधानमन्त्री केपी ओलीको तुइन विस्थापन कार्यक्रमलाई एक करोड रुपैयाँ दिने घोषणा गरेकी थिइन्। यो समाचार हरेक सञ्चार माध्यममा छाएको थियो । यो कार्यक्रमको फाइलमा प्रधानमन्त्री ओलीले पहिलो पटक प्रधानमन्त्री भएर सिंहदरवार छिर्दाछिर्दै हस्ताक्षर गरेका थिए।

दुई बर्षभित्र तुइन विस्थापित गर्ने उद्देश्य थियो। ओली दोस्रो पटक प्रधानमन्त्री भएर आउँदा पनि तुइन विस्थापित भएको थिएन। नेपाल टेलिभिजनबाट प्रसारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा आनीले ओलीलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेकी थिइन्। यसले गर्दा उनले यो स्रोत नखुलेको रकमका कारण प्रधानमन्त्रीलाई समेत विवादमा मुछ्ने काम गरिन् ।

राष्ट्र बैंकमै रहे पनि वित्तीय जानकारी इकाइ स्वायत्त संस्था हो। बैंकले पठाएको सस्पिसिएस ट्रान्जेक्सन रिपोर्ट (एसटिआर) लाई इकाइले शुद्धिकरण विभाग पठाइदिएको थियो। यसमा राष्ट्र बैंकका कुनै पनि विभाग तथा अधिकारीहरु प्रत्यक्ष संलग्न हुन पाउँदैनन्।

तर आनीको पैसा छुटाउन भने विदेशी विनिमय विभागका उच्च पदस्थ अधिकारीहरु नै लागिपरेका थिए। तर त्यो सम्भव भएन । विभागमा ुरिपोर्ट पुगिसकेकाले पैसा फुकुवा गर्न भने सफल भएका थिएनन्। इकाइले अनुसन्धानका लागि गरेको सिफारिसमा शुद्धिकरण विभागले काम थालेपछि बल्ल यी सबै घटना विवरणहरु सार्वजनिक भएका हुन्।

ुभित्रभित्रै दबाउने प्रयास धेरै भएको थियो तर अनुसन्धानको चरणमा पुगेकाले गाह्रो भएको छ एक उच्च अधिकारीले भने, यो पैसा फुकुवा गर्न राष्ट्र बैंकका कर्मचारीहरु समेत लागिपरेका थिए। सरकारी उच्च तह नै लागेको थियो । उनका अनुसार शंकास्पद भनेर रिपोर्ट भइसकेको पैसामा अनुसन्धान नै गर्न हुँदैन भन्ने पक्षमा ुशक्तिशालीहरु थिए।

आनीले यो पैसा सामाजिक सेवाका लागि भित्र्याएको दावी गरेको मेगा बैंक स्रोतले जानकारी दिएको छ। उनले अस्पताल तथा स्कुलहरुका लागि आवश्यक पूर्वाधार तयार पार्न तथा अन्य सेवा कार्यमा खर्चिन पैसा ल्याएको दावी गरिएको छ।

आनीले होटल निर्माणका लागि विदेशबाट थप पैसा ल्याउने तयारी पनि थालिसकेकी छिन्। उनले करिव ४० करोड रुपैयाँ भित्र्याउन राष्ट्र बैंक र उद्योग विभागबाट स्वीकृति लिइसकेको केन्द्रीय बैंक स्रोतले जानकारी दियो।

होटलका लागि पनि ब्यक्तिगत स्रोतबाट पैसा ल्याउन लागेको आनीले बुझाएको विवरणमा उल्लेख छ। मेगा बैंकले फ्रिज गरिदिएको १५ करोड रुपैयाँ उनले रेमिटेन्सको रुपमा भित्र्याउन खोजेकी हुन्। जबकी मेगा बैंकले रकम फ्रिज गर्नु केही महिनाअघि मात्रै आनीलाई राम्रो ग्राहक भन्दै सम्मान गरेको थियो।

यसअघि स्रोत नखुलेको भन्दै अहिले पनि ब्यवसायी अजयराज सुमार्गीको पैसा अदालतले रोक्का राखिदिएको छ। सुमार्गीले टेलिकम, सिमेन्ट उद्योगमा लगानी गर्नका लागि भन्दै पैसा भित्र्याउन खोजेका थिए। मेगा बैंकमा फ्रिज भएको १५ करोड रुपैयाँ फुकुवा गर्न उनले राष्ट्र बैंकमा कागजपत्रहरु बुझाइरहेको त्यहाँका अधिकारीहरुले बताए।

शंकास्पद भनेर खबर आइसकेकाले त्यस बारेमा शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ राष्ट्र बैंकका ती अधिकारीले भने, शंकास्पद नै भेटिए कानुन अनुसार कारवाही हुन्छ। वैधानिक स्रोत देखिएमा पैसा फुकुवा हुनसक्छ। तर शुद्धिकरण विभागले कहिलेसम्म अनुशन्धान सक्ने हो भन्नेमा अन्यौल कायमै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार