logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

धानको सट्टा सुन्तला रोप्दै बागलुङका किसान


  • रासस
  • बिहिबार, जेष्ठ २३ २०७६

Jofj;flos ;'Gtnf v]tL ub{} cfPsf kfNkfsf] lg:bL ufpFkflnsf–% uNwf axk'/sf :yfgLo ls;fg ;'Gtnf l6Kb} . tl:a/ M ;'lznf /]UdL, a]emf8 -kfNkf_ /f;;

राजनिती न्युज डेस्क बागलुङ – धानको सट्टा सुन्तला रोप्दै विस २०५८ मा कोदो, मकै फल्ने बारी मासेर छोराले सुन्तलाका बिरुवा रोप्दा खेतीपाती मास्नु हुँदैन भनेर गाली गर्ने बागलुङ काठेखोला गाउँपालिका–६ बिहुँका ९० वर्षीय नरिश्वर कँडेलको धारणा अहिले परिवर्तन भएको छ । अन्नबाली खाने बारी मासेर सुन्तला लगाएर के खाने सुन्तला मात्र खाएर भएन भन्ने नरिश्वर कँडेलले अहिले आफ्ना तीन छोरालाई बारी मात्र हैन धान फल्ने खेतमा सुन्तला लगाउन सल्लाह दिन्छन ।

“खेतीपातीलाई वर्षभरि दुःख गर्दा खान मात्र पुग्ने रहेछ”, नरिश्वर कँडेलले भने , “सुन्तलाबाट कृषकलाई मनग्य आम्दानी हुँदो रहेछ ।” नरिश्वर कँडेलका तीन छोराको मात्र हैन, बिहुँका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत सुन्तला नै हो ।

नरिश्वरका तीन छोरा बालानन्द कँडेल, युक्त कँडेल र पशुपति कँडेलको मात्र बिहुँको अम्बोटमा २१ रोपनी बारीमा ७५० सुन्तलाको बोट रहेका छन् । बारी मासेर सुन्तला उत्पादन गर्दै आएका तीन कृषक भाइले धान रोप्ने खेतमा समेत सुन्तलाका बिरुवा लगाउन थालेका मात्र छैनन्, अन्य किसानलाई समेत सुन्तलातर्फ आकर्षण गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार