पोखरा – आगामी आर्थिक वर्ष २०७६/७६ को बजेट कास्कीका ४ स्थानीय तह पोखरा महानगरपालिका, मादी गाउँपालिका र रुपा गाउँपालिकालेले प्रस्तुत गरेका छन् ।यसै गरी माछापुच्छ्रे गाउँपालिकाले भने १२ गतेमात्र बजेट ल्याउने भएको छ ।अन्नपूर्ण गाउँपालिकाले भने सोमबार नै बजेट ल्याएको छ।
पोखरा महानगरले ७ अर्ब ५४ करोडको बजेट सार्वजनिक गरेको छ । ३३ वटा वडा रहेको पोखरा महानगरपालिकाले गएको वर्ष ४ अर्ब ३ करोड रुपैयाँ बजेट ल्याएको थियो ।
सोमबार नीति तथा कार्यक्रम ल्याएर मंगलबार बजेट सार्वजनिक गरेको मादीले ६१ करोड ३२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छा भने त्यसपछि अन्नपूर्ण गाउँपालिकाले ५८ करोड १० लाखको बजेट सार्वजनिक गरेको छ ।
७ वडा रहेको रुपा गाउँपालिकाले ३७ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
माछापुच्छ्रे गाउँपालिकाले ५५ करोड आसपासको बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिकाले जानकारी दिएको छ ।
पर्यटन, कृषिलाई प्रमुख समृद्धिको आधार मानेर कास्कीका स्थानीय तहले बजेट ल्याएका हुन् ।