logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन बढ्दैछ नेपालमा जग्गाको मुल्य ? यस्ता छन कारण ….


  • पत्रपत्रिका
  • मंगलबार, भाद्र २४ २०७६

पोखरा-नेपालमा घरजग्गाको मूल्य तीव्र रूपमा बढिरहेको छ। अवैध रूपमा सम्पति कमाएकाले आफ्नो सम्पतिलाई वैध बनाउन घरजग्गामा ठूलो लगानी गर्ने गरेकाले घरजग्गाको मूल्य तीव्र रूपमा बढिरहेको पाइएको हो ।

सम्पति शुद्धीकरण अनुुसन्धान विभागका एक अधिकारीले कालो धन आर्जन गर्नेहरूले सम्पति शुद्धीकरण गराउनकै लागि घरजग्गामा लगानी गर्ने क्रम बढाइरहेको बताए । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।

विभागका ती अधिकारीका अनुसार उपत्यकालगायत देशका विभिन्न भागमा कैयौ क्षेत्रफल जग्गा कालो धन आर्जन गरी सम्पति शुद्धीकरण गराउनेहरूकै कब्जामा गएको छ । जसका कारण घरजग्गाको मूल्य अस्वभाविक रूपमा बढ्न पुगेको जनाइएको छ ।

अन्य देशको तुलनामा नेपालमा जग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्नुमा सम्पति शुद्धीकरण गराउनेहरूले घर जग्गामा अत्यधिक लगानी गर्नु नै मुख्य कारण रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता विनोद लामिछानेले बताए ।

घरजग्गाको कारोबार गर्ने नियमक निकाय निष्क्रिय हुँदा अवैध सम्पति आर्जन गरी घरजग्गामा लगानी गर्नेहरू उत्साहित बन्दै गइरहेको विभागका अधिकारीको अनुभव छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार