logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

दसैं सुरु भइसक्दा पनि बागलुङका बजारमा चहलपहल नदेखिए पछी व्यापारीहरु निराश


  • राजनीति
  • शुक्रबार, असोज १७ २०७६

बागलुङ- दसैं सुरु भइसक्दा पनि बागलुङका बजारमा चहलपहल नदेखिए पछी व्यापारीहरु निराश बनेका छन। यतिबेला बजारमा चहलपहल र भीड बढ्ने तथा व्यापारीलाई भ्याई–नभ्याई हुनु पर्ने हो तर विगतका वर्षहरुको तुलनामा यस वर्ष बागलुङमा त्यति चहलफल देखिएको छैन । संघीयताले गर्दा व्यापार ह्वात्तै घटेको व्यपारीहरु बताउँछन् ।

चाडवाडको बेलामा व्यापार राम्रो नभएपछि बागलुङका व्यापारीहरुमा निराशा छाएको छ । पहिले दसैंको सुरुवातदेखि नै राम्रो आम्दानी हुने गरेको तर अहिले ५ हजारको व्यापार गर्न पनि मुस्किल भएको व्यापारीको भनाइ छ ।

गलकोट, जैमिनी, काठेखोला लगायतका ठाउँहरुबाट ग्राहकहरु आउने गरेकामा पछिल्लो समय गाउँबाट पनि ग्राहकहरु आउन छाडेको उनीहरु बताउँछन् । २०७४ सालसम्म सबै प्रशासनिक कार्यालयहरु बागलुङमा हुँदा जिल्लाका सबै क्षेत्रहरुबाट मानिसहरु किनमेलको लागि आउने गर्थे भने देश संघीयतामा गएपछि ठाउँ–ठाउँमा स्थानीय तह गठन भएकोले बागलुङ बजारको व्यापार खस्कँदै गएको स्थानीयको आँकलन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार