राजनीति
पोखरा- उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–१ मराङमा ५ घरधुरीले प्रारम्भिक होम–स्टे संञ्चालन गरेका छन।
स्थानीयतहको सिफारिसमा गण्डकी प्रदेशले मुस्ताङमा ३ वटा होम–स्टे सुचिकृत गरेको हो । जसमध्ये उपल्लो मुस्ताङकोे लोमान्थाङ चुमजुङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाको मराङ छन् भने तल्लो मुस्ताङको घरपझोङ –५ ठिनी होम–स्टे प्रदेशको छनौटमा परेको हो ।
यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले मराङका ५ घरधुरीलाई होम–स्टे कुकिङ र पर्यटन आतिथ्यता संम्वन्धि तालिम प्रदान गरेको गरेको थियो।
उपल्लो मुस्ताङको फरक भुगोल र मनोरम दृष्यहरुले त्यहा पुग्ने जोकोही पर्यटक मोहित हुने गर्छन् । नेपालकै सबैभन्दा पुरानो मानिएको लोघेकर ( घर गुम्बा ) मराङमा छ । यस्तै मराङमा पुग्ने पर्यटकले लाङबुछे भ्यु प्वाईन्ट,गोलाखा गुफा,ट्रेसर गुफा,ङ्ग्री पेनचेन फुट प्रिन्ट एण्ड गुफा ,स्याउ बगैचा र गासे फु अवलोकन गर्न सक्छन् ।
उपल्लो मुस्ताङको कोरलानाका तथा लोमान्थाङ दरबार हेर्न आउने पर्यटक मराङ घुम्न आउने गरेको छ ।