logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बडादशैँमा स्याङ्जाको प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा रु १९ लाख ५० हजार भेटी सङ्कलन


  • रासस
  • सोमबार, कार्तिक ४ २०७६

स्याङ्जा- स्याङ्जाको प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा बडादशैँको अवधिमा रु १९ लाख ५० हजार भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ मा रहेको ग्रहौँसुर मन्दिर परिसरमा प्रहरी पोष्ट निर्माणका लागि रु आठ लाख २० हजार सङ्कलन भएको छ ।

ग्रहौँसुर धार्मिक एवम पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाणका अनुसार भेटीस्वरुप रु तीन लाख एक हजार, पाठाको टाउको बिक्रीबाट रु दुई लाख ७९ हजार, परेवा बिक्रीबाट रु ८७ हजार, होटल भाडाबाट रु ७७ हजार, सवारीसाधन पार्किङ शुल्कबाट रु ६७ हजार, सदस्यता वितरणबाट रु ६२ हजार, दानपात्रबाट रु ४० हजार तथा दानबाट रु १६ हजार आम्दानी भएको छ । बडादशैँको अवधिभर मन्दिरमा रु तीन लाख २४ हजार खर्च भएको ग्रहौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिए ।

“बचत रकम विभिन्न पूर्वाधार निर्माणमा खर्च गरिनेछ”, उहाँले भन्नुभयो, “मन्दिरको विकासका लागि बृहत्तर गुरुयोजना बनाएका छौँ ।” मन्दिरमा बडादशैँ र चैतेदशैँका अवसरमा मेला लाग्छ । बडादशैँको अवधिभर झण्डै ८० हजार श्रद्धालुले मन्दिरको दर्शन गरेको गुरुङले बताउनुभयो । यहाँ स्याङ्जासहित पाल्पा, पर्वत, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, बाग्लुङलगायत जिल्लाबाट बढीजसो भक्तजन आउने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार