logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

१६औं लेखनाथ महोत्सवलाई एड्भान्स सिमेन्टको साथ


  • आश तमु
  • आइतबार, मंसिर ८ २०७६

लेखनाथ – पुस ३ गते हुने १६औं संकरणको लेखनाथ महोत्सवलाई एड्भान्स ग्रुपको एड्भान्स सिमेन्टले साथ दिने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवको मुख्य प्रायोजकमा एड्भान्स सिमेन्टले यसपाली पनि गत वर्ष झै निरन्तरता दिएको हो ।

एड्भान्स ग्रुपका अध्यक्ष अरुण कर्णले र संघको तर्फबाट द्वितीय उपाध्यक्ष एवं प्रायोजक व्यवस्थापन संयोजक राजेन्द्र ओझाले मुख्य प्रायोजकको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पुस ३ गतेदेखि १५ गतेसम्म संचालन हुने महोत्सवको तयारीका क्रममा संघले प्रायोजकहरुसँग सम्झौता गरिरहेको ओझाले जानकारी दिए ।

महोत्सवको तयारीलाई तिब्र बनाइएको संघका उपमहासचिव तथा प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार