logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

डिजेलको मूल्य वृद्धि ! यस्तो छ नयाँ कायम मुल्य


  • आश तमु
  • बुधबार, पुष २ २०७६

पोखरा – भारतबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्यमा वृद्धि गरेको छ।

भारतबाट मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रमुख विरेन्द्र गोइतले उतै बाट मूल्य बढेर आएको समायोजन गर्नु परेको बताए ।यदपी हवाई इन्धन र प्रेटोलको भने मूल्य यथावत नै रहेको उनले बताए ।

ईण्डियन आयल कर्पोरेशनले १६ डिसेम्बर २०१९ मा पठाएको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढाएर पठाएकाले “पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१” आज राति १२ बजेदेखि लागू हुनेगरी डिजल/मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँले बढाइएको उनले जानकारी दिए।

नयाँ मूल्यअनुसार डिजेल मट्टितेल लगायतका सहरमा प्रतिलिटर ९८ रुपैयाँ भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार