logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पुस १८ देखी पोखरा नयाँबजारमा हुने राष्ट्रिय औद्योगिक मेलाको तयारी तिर्व


  • रासस
  • बुधबार, पुष ९ २०७६

पोखरा – पोखराको नयाँबजारमा पुस १८ गतेदेखि २८ गतेसम्म आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ छ ।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै उधोग बाणिज्य महासघंका अध्यक्ष दामु अधिकारीले मेलामा राखिएका स्टलहरुमध्ये करिब ८० प्रतिशत बुकिङ भइसकेको जनाए ।

अध्यक्षले मेलामा आउने अबलोकनकर्ताले नेपाल टेलिकमको सिम सित्तैमा पाउने बताए।यसको लागि अबलोकन कर्ताले एक प्रती फोटो र नागरिकताको प्रतिलिपी सङ्गै हुनु पर्नेछ। यसै गरि अबलोकनकर्ताले काटेको टिकटमा लक्कि ड्र गरि हरेक एकजनाले निशुल्क पाराग्लाइडिङको व्यबस्था गरिएको पनि जनाए।

अध्यक्षका अनुसार यसपालीको महोत्सवलाई समृद्धि स्टिलले मुख्य प्रायोजक गरेको छ।

मेलामा रहने स्टलहरुमा औद्योगिक, हस्तकला, कृषिजन्य सामग्री, पूष्प, अटो, सूचना तथा प्रविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण गरिने छ ।  मेलाको थप आकर्षणतर्फ  लोकदोहोरी  प्रतियोगिता,पञ्चेबाजा प्रतियोगिता ,नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, खुल्ला एकल नृत्य प्रतियोगिता र प्रहशनहरु पनि समावेश गरिएका छन् । मेलामा यो क्षेत्रमा रहेका होमस्टेहरुको स्टलमार्फत हामी पर्यटकीय नयाँ गन्तव्यहरुको प्रचार गरिने छ ।

मेलामा लोकदोहोरी, पञ्चेबाजा प्रतियोगिता तर्फ क्रमशः ५०, ३० २० हजार रुपैँया र सान्त्वाना पुरस्कार तर्फ १० हजार रुपैँया साथै उत्कृष्टलाई ५ हजार प्रदान गरिनेछ । एकल नृत्य प्रतियोगिता तर्फ क्रमशः २०, १५, १० हजार रुपैँया, सान्त्वानालाई ५ हजार सहित उत्कृष्ट नृत्य प्रशिक्षकलाई २ हजार रुपैँया प्रदान गरिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार