पोखरा – पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) ले आठौं सस्करणको फुड फेस्टिवलको आयोजना गरेको छ । यही फागुन फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।
यस पटकको महोत्सव सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा हुनेछ । महोत्सवमा मौलिक खानाका परिकारका स्टलहरु, हस्तकलाका स्टलहरुलाई विशेष प्राथमिकतामा राखिनेछ ।
मेलाका मुख्य आकर्षणमा खानाका परिकारहरु रहनेछन् । लोप हुन लागेका खानाका परिकारलाई समेत स्टलहरुमा राखिनेछ । कृषि प्रदर्शनीसमेत गरिने उनले बताए । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति दैनिक रुपमा हुनेछ ।