logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखराका होटलकर्मीहरुलाई चिनियाँ भाषाको तालिम


  • रासस
  • बुधबार, फाल्गुन १४ २०७६

पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा होटलकर्मीलाई लक्षित गरी पोखरामा दुई महिने आधारभूत चिनियाँ भाषा तालीम सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा यही फागुन ८ गतेदेखि सञ्चालित तालीममा होटल क्षेत्रसम्बद्ध ५० सहभागी रहेको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

कोरोना भाइरसका कारण अहिले चिनियाँ पर्यटकको आगमनमा मात्र कमी नभै विश्वभर नै भ्रमण गर्ने क्रममा मन्दी आए पनि भविष्यलाई लक्षित गरी तालीम सञ्चालन गरिएको उनले बताए। कोरोना भाइरसका कारण उत्पन्न समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै तुलाचनले यसले पर्यटनमा पारेको प्रभाव चाँडै नै अन्त्य हुने अपेक्षा गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार