logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अब ५ रुपैयाँमा मास्क पाइने, व्यवसायी मल्होत्राले उपलब्ध गराउने


  • राजनीति
  • सोमबार, फाल्गुन २६ २०७६

कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका छन्।

नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका हुन्।

चेम्बरद्वारा गठित कोरोना भाइरसको जोखिम न्यूनीकरण समितिका संयोजक समेत रहेका मल्होत्राले सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन ल्याएर उत्पादन सुरु गर्दै छन् ।

मास्क उत्पादन गर्ने मेसिन अबको २–३ दिनभित्रै नेपाल आइपुग्ने मल्होत्रा बताए ।

प्रति मास्क ६ देखि ७ रुपैयाँ लागत परेपनि उपभोक्तालाई ५ रुपैयाँमा नै उपलब्ध गराउने उनले बताए । कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क मूल्य आकाशीयको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार