logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

संकटमा किन माैन छन् नेपालका अर्बपती ? कस्काे सम्पती कति ? हेर्नुस्


  • राजनीति
  • सोमबार, चैत्र १७ २०७६

बिश्वभर महामारीको रुपमा फैलिएको काेराेना भाइरसका कारण करिव ३२ हजार बढी मानवीय क्षति भएकाे छ भने ६ लाख ६६ हजार बढी काेराेना भाइरसबाट संक्रमित छन् ।

अहिले बिश्व नै एक खालकाे विश्व युद्ध लडिरहेकाे छ काेराेना भाइरस बिरुद्ध । बिकर्सित देशहरुलाइ काेराेना नियन्त्रण गर्न हम्मेहम्मे परेकाे बेला नेपाल जस्ताे बिकाशन्मुख देशमा काेराेनाकाे संक्रमित देखापरिसकेकाे छ । सरकारी तथ्यांकलाई आधार मान्य हाे भने हालसम्म नेपालमा ५ जना काेराेना संक्रमित बिरामी छन् ।

आइतबार मात्रै रुपन्देहीको बुटवल स्थित काेराेना अस्पतालमा काेराेनाका संकास्पद एक बिरामी काे मृत्यु भएको छ। यसले स्पष्ट पार्छ कि यदि समयमै सराेकारवाला निकाय र सम्बन्धित पक्षले विवेकपुर्ण भएर सचेत नहुने हाे भने यसकाे डढेलाे काे कल्पना पनि गर्न सकिदैन ।

अहिले हस्पिटलमा डाक्टरले काेराेनाकाे उपचारका लागि अत्यावश्यक उपकरण नभएको र जाेखिम उठाइरहेकाे देखिन्छ । आइतबार मात्रै चिनद्वारा सहयाेग गरिएका र नेपाल सरकारले खरिद गरेका केही थान उपकरण र औषधि नेपाल आइपुगेपनि त्याे तत्कालका लागि सानाे समस्या हल मात्रै हुने देखिन्छ ।

सरकारले मुलुकभर लकडाउनकाे घाेषणा गरेकाे आज आठौं दिन भयाे नागरिकहरु घर बाहिर निस्किन पाएका छैनन् काम गरेर बिहानबेलुकि छाक टार्ने श्रमिककाे छाक खाेसिएकाे छ यस्ताे अवस्थामा नेपालका अर्बपतिहरु चुपचाप संकटकाे ढाेका थुनेर बसेका छन् ।

मानविय समवेदनालाई समेत ख्यान नगरेका अर्बपतीका अस्पतालले अहिले काेराेनाकाे डरले सामान्य रुघाखोकी र ज्वराेका बिरामीको पनि उपचार गर्दैनन । संकटमा काम नलाग्ने अर्बपतिकाे अर्थ काेराेनाकाे महामारी ले साताे लिएका नेपालीका लागि उनिहरुकाे सम्पति आकासकाे फल जस्तै बनेकाे छ ।

नेपालका १० अर्बपती, कस्काे सम्पति कति ? 

१. बिनाेद चाैधरी : १.६ बिलियन डलर

२. शेष घले :४१० मिलियन डलर 

३.उपेन्द्र महताे : ३६० मिलियन डलर

४. अजय सुमार्गी : २०० मिलियन डलर

५. आदित्य झा : १०० मिलियन डलर

६. जीवा लामिछाने : ९२ मिलियन डलर

७. पशुपति शमशेर जवरा : ८४ मिलियन डलर

८. वेलराम चेनराई : ७० मिलियन डलर

 

९. राजेन्द्र खेतान : ६२ मिलियन डलर

१०. ज्ञानेन्द्र शाह : ५८ मिलियन डलर

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार