logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नेपाल वायु सेवा निगमको जहाज थपिदै तर उडाउने पाइलट नहुदा ग्राउण्डेड

यस्ता छन् चीनले नेपाललाई हस्तान्तरण गरेका जहाज


  • राजनीति
  • मंगलबार, बैशाख ४ २०७५

नेपाल वायु सेवा निगमका लागि चीनबाट विमान आएको अढाई महिनापछि हस्तान्तरण गरेको छ। चीनले पछिल्लोपटक भित्रिएका २ वटा वाई-१२ ई विमान सरकारलाई हस्तान्तरण गरेको हो ।

उपरोक्त दुई विमान मंगलबार नेपालका लागि चिनिया राजदूत राजदुत यु होङले निगमलाई हस्तान्तरण गरेकी छन्। यी दुई विमान ल्याएसँगै नेपालमा वायुसेवा निगमसँग भएको चिनिया जहाजको संख्या ६ वटा पुगेको छ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका नेपाल वायुसेवा निगमका ४ वटा विमान तीन महिना भित्र सञ्चालनमा ल्याउन  निर्देशन दिएका छन्।

हस्तान्तरण कार्यक्रममा  मन्त्री अधिकारीले चीनबाट १ फागनमा ल्याइएका २ वटा ‘वाई–१२ ई’ विमान नेपाल वायुसेवा निगमलाईविमानस्थलमा थन्किएका विमान सञ्चालनमा ल्याउन निगमलाई निर्देशन दिएका हुन्।

२०६९ मा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ चिनिया जहाज थपेको हो। निगमसँग हाल २ वटा एमए–६० र ४ वटा वाई १२ ई विमान छन्। ६ मध्ये २ वटा मात्र सञ्चालनमा छन्।

सञ्चालनमा रहेका जहाजहरुमा वाई १२ ई (९ एन एकेएस कलसाइन) र एमए ६० (९ एन एकेआर कलसाइन ) विमान रहेका छन्।

‘यी विमान सञ्चालनमा ल्याउन नसक्ने हो भने पर्यटकको संख्या बृद्धि गराउन असहज हुनेछ’ मन्त्री अधिकारीले भने, ‘पाइलट अभाव विश्वव्यापी समस्या हो। त्यसैले पाइलट आकर्षित गराउन निगमले नयाँ योजना ल्याउनु पर्छ।’

मन्त्री अधिकारीले चिनिया विमान सञ्चालनमा आएमात्र चीनसँगको सम्बन्ध सुमधुर हुनेमा जोड दिए। विमान हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनिया राजदुत यु होङले चिनिया विमान नेपाल भित्रिनुलाई सम्बन्ध सुधारको रुपमा लिएको बताइन्।

विभिन्न समयमा चीनबाट ल्याइएका ३ वटा वाई १२ र एउटा एमए ६० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका छन्। निगमसँग रहेको वाई १२ विमान १७ सिट क्षमताको हो भने एमए ६० विमान ५६ क्षमताको हो।

यी विमानहरु नेपालका पहाडी क्षेत्रलाई लक्षित गरी खरिद गरिएको निगमको भनाई छ। ६ मध्ये दुई वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानका हुन्। बाँकी विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो।

१५ वर्षमा ऋण तिर्ने गरी सम्झौता भएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।

निगमसँग हाल आन्तरिक उडानका लागि ६ चिनिया २ क्यानेडियन विमान छन्। निगमले काठमाडौंबाट सिधा र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार