logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

भरतपुरको एक सारस फुड इन्डष्ट्रिजमा आगलागी


  • राजनिती न्युज डेस्क
  • मंगलबार, चैत्र १८ २०७६

चितवन- भरतपुरको एक सारस फुड इन्डष्ट्रिजमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार महानगरपालिका वडा नम्बर ४ लंकुस्थित सारस फुड इन्डष्ट्रिजमा बिहान ६ बजेतिर आगलागी भएको थियो ।

भरतपुर महानगरपालिकाका– २ खैरहनी नगरपालिका र नेपाली सेनाको एक–एक दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरेको प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिए ।

बिजुली सर्ट भएर आगलागी हुनसक्ने प्रहरीको अनुमान छ । करीब ४ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो ।

साढे २ करोड बराबरको क्षति अनुमान गरिएको गुरुङले जानकारी दिए । उक्त उद्योगमा १८ जना मजदुरले काम गर्दै आएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार