logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पहिलो पटक चार्टर्ड एकाउन्टेन्ट राष्ट्र बैकको गर्भनर बने


  • राजनीति
  • सोमबार, चैत्र २४ २०७६

मुलुकको इतिहासमा पहिलो पटक चार्टर्ड एकाउन्टेन्टले राष्ट्बैकको नेतृत्व पाएको छ । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो ।

गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त गरेको हो ।

यसअघि गर्भनर सिफारिस समितिले अधिकारीसहित पूर्वअर्थसचिव डा. राजन खनाल र चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले चैत ९ गते अर्थमन्त्री डा. खतिवडाको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका थिए ।

चैत ५ गतेदेखि यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको थियो ।

सरकारको निर्णयसँगै अधिकारी राष्ट्र बैंकको १७ औं गभर्नर भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार