logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तातोपानी नाका सञ्चालनमा,१९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रियो


  • रासस
  • बिहिबार, चैत्र २७ २०७६

नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ ।

गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो । कोभिड —१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

हिजो १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उहाँले बताउनुभयो । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार