एजेन्सी- यस वर्ष एशियाली देशको विकास ६० बर्षमा पहिलो पटक रोकिने अन्तराष्ट्रिय मुन्द्रा कोष (आइएमएफ) ले बताएको छ। यसवर्ष एशियाली देशको विकासमा जति कमी हुनेछ त्यो ‘पूरा अन्तर्राष्ट्रिय आर्थिक संकटको वार्षिक औसत विकास दर (४।७ प्रतिशत) वा एशियाली आर्थिक संकट (१।३ प्रतिशत)’ भन्दा पनि खराब हुने आइएमएफको बिश्लेषण छ।
आइएमएफका अनुसार यदि कोरोनाभाइरसलाई रोक्ने नीति प्रभावकारी भए सन् २०२१ मा एशियाली देशको विकास दरमा एकपटक पुनः वृद्धि हुनेछ ।
एक दिनअघि मात्रै विश्व वैंकले दक्षिण एशियाली देश पछिल्लो ४० वर्षमा सबैभन्दा खराब आर्थिक स्थितीबाट गुज्रने चेतावनी दिएको थियो ।