logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

बजेट अधिवेशनबारे यस्तो भन्छन् सांसद


  • राजनीति
  • बुधबार, बैशाख १७ २०७७

आर्थिक वर्ष ०७७/०७८ को नयाँ नीति तथा कार्यक्रमा औद्योगिक पूर्वाधार र स्वरोजगारमुलक कार्यक्रममा ध्यान दिन सांसदहरुले उद्योग मन्त्रालयलाई सुझाव दिएका छन् ।

मन्त्रालयले मंगलबारदेखि सुरु गरेको बजेट छलफलमा सुदूरपश्चिम र प्रदेश पाँचबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले यस्तो धारणा राखेका हुन् ।

छलफलमा मुलुकमा औद्योगिकीकरणको युग सुरुवात गर्न के गर्न सकिन्छ भन्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको प्रश्नमा सांसदहरुले लघु तथा घरेलु उद्यममार्फत देशभर स्वरोजगारी सृजना गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

यस्तै सुख्खा बन्दरगाह, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राममका आयोजनालाई ध्यान दिनुपर्नेमा पनि उनीहरुको जोड थियो । स्थानीय उत्पादनमा आधरित घरेलु उद्यमबाट स्वरोजगार सिर्जना गर्नेगरी क्षमता अभिभृद्धिका कार्यक्रम ल्याउन पनि सांसदहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

मंगलबारबाट सुरु भएको छलफल बुधबार पनि जारी छ । बुधबार मन्त्रालयले गण्डकी, बागमती र प्रदेश-६ का सांसदहरुसँग छलफल गर्दैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार