राजनीति
कर्णाली प्रदेशले कोरोनाका कारण मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यो प्रदेशले यस्तो राहतको घोषणा गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कोरोनाबाट गम्भीर विरामी भएकालाई एम्बुलेन्स वा हवाइ उद्धारमार्फत प्रदेश अस्पताल वा तोकिएको अन्य अस्पतालमा उपचारका लागि लैजाने बताए ।
यसैगरी कोरोना संक्रमितका लागि प्रदेश अस्पतालमा २ सय आइसोलेसल बेड, ४० वटा आइसियू र २० वटा भेन्टिलेटर सहितको सघन उपचार कक्ष बनाइने भनिएको छ ।
स्थानीय स्तरमा कोभिड सम्बन्धी जनचेतना फैलाउन स्वयमसेविका परिचालन गरिने भनिएको छ । स्वयमसेविका परिचालनका लागि कर्णाली प्रदेशले ४ करोड रुपैयाँ छुट्याएको छ ।