पोखरा – नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार निगमले पेट्रोलमा पाँच, डिजेल र मट्टीतेलमा दुई रुपौया मूल्य बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोल १०१ र डिजेल ८७ रुपैयाँ पर्नेछ ।
इन्डियन आयल कार्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४।७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५।८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६।०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनु परेको निगमको मनाइ छ ।
निगम प्रवत्ता विनितमणि उपाध्ययका अनुसार एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।