logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

संदिपले पाएको टिगोर कारको मुल्य कति


  • राजनीति
  • बिहिबार, जेष्ठ १० २०७५

बहुचर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् ।

उनलाई टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार प्रदान गरेको हो ।

९ गते राजधानीमा आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका नेपाल प्रमुख अजितनारायण सिंहले २५ लाख मुल्यको कार सन्दीपलाई गाडीको चाबी हस्तान्तरण गरे ।

उमेरले मात्र १७ वर्षका सन्दीप भर्खरै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए तर, आफूलाई अब्बल सावित गरेका छन् । आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार