logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नेपालको आन्तरिक हवाइ भाडा बिश्वकै महँगो

कुन - कुन एयरलाइन्सले गर्दैछन लुट


  • राजनीति
  • बिहिबार, जेष्ठ १० २०७५

मुलुकको अान्तरिक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको छ । मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका एयरलाइन्सहरू यति र बुद्धले लिएको भाडा सबैभन्दा महंंगो देखिएको हो ।

एयरलाइन्सको अध्ययन गरेको रोमेटुरीओका अनुसार यति एयरलाइन्सले प्रतिकिलोमिटर १.०८ अमेरीकन डलर र बुद्ध एयरले प्रतिकिलोमिटर १.१८ अमेरीकन डलर बराबरको भाडा लिएको छ ।
विश्वमा सबैभन्दा कम पैसामा उडान गराउने बिमान कम्पनीहरुको सूचीमा भने अष्ट्रेलियाको टाइगर एयर अग्रस्थानमा देखिएको छ । टाइगर एयरले प्रतिकिलोमिटर ०.०६ अमेरिकन डलरमा उडान गराईरहेको छ ।

यसपछि सस्तोमा उडान गराउने बिमान कम्पनीहरुको दोस्रो सूचीमा रहेको मलेसियाको एयर एसिया एक्सले प्रतिकिलोमिटर ०.०७ मा उडान गराइरहेको छ । इन्डानेसियाको एअर एसियाले भने प्रतिकिलोमिटर ०.०८ अमेरीकन डलरमा सेवा दिइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार