राजनीति
गए राती दृष्टिविहिनहरुले सञ्चालन गरेको पोखराको सिद्धार्थचोकमा रहेको उज्यालो बजारमा आगलागी भएको छ।
शुक्रबार राति १२ बजे तिर लागेको आगो रातिको २ बजे तिर नियन्त्रणमा आएको थियो। नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।
आगलागिबाट करिब २ करोडको क्षती भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए।
उज्यालो बजारमा रहेका १७ वटा सटर पूर्ण रूपमा जलेका छन् भने १७ वटामा आंशिक क्षती भएको उनले जानकारी दिए। विद्युत सटर भएर आगलागि भएको प्रहरीको अनुमान छ।
उज्यालो प्रतिष्ठान नेपालको सक्रियतामा दृष्टिविहीन र अपांगता भएका व्यक्तिलाई व्यावसायिकता र उद्यामशिलतामार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ बजार सञ्चालनमा ल्याइएको हो ।
बजार हातामा विशेषगरी किराना पसल, कस्मेटिक, फलफूल, तरकारी, होटल, खाजा पसल, , डेरी, फ्रेस हाउस, फेन्सीजस्ता पसल संचालनमा रहेका छन् ।