राजनीति
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको हो ।
आयोजनाका अधिकारीहरुका अनुसार सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिनेछ । सुरुको पानी फोहोरसहित आउने भएकाले बागमतीमा खसालिएको हो ।