logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मंगलवारबाट जाेरबिजाेरमा यातायात चल्ने


  • राजनीति
  • आइतबार, असार १३ २०७८

सरकारले मङ्गलबारबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको जोखिमको समिक्षा गर्दै निषेधाज्ञा खुकुलो बनाउन लागेको हो । जस अनुसार सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा खुलाउन लागिएको बुझिएको छ ।

सरकारले विद्यालयहरु भने अझै बन्द गराउने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार