राजनीति
काठमाडौं- अमेरिकी डलरको भाउ एकै दिन एक रुपैयाँ १५ पैसाले उक्लिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको भाउ ११६ रुपैयाँ २३ पैसा तोकेको छ।
भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको हो।
भारुसँग स्थिर विनिमय दर भएका कारण त्यहाँको प्रभाव नेपाली रुपैयाँमा परेको हो।
१०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ। भारतको अर्थतन्त्रमा अलिकति तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ।
डलर उक्लिँदा आयातित सबै बस्तु तथा सेवा महँगिन्छ।