राजनीति
सनराइज बैंकको वार्षिक साधारण सभा आज (असार ३ गते) बस्दैछ । सभा आम्रपालि ब्यांकेट बालुवाटारमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि सभा डाकेको हो । सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ ।
मर्जर प्रयोजनका लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।
मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार हुनेछ । यस्तै, बैंकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयबिक्रम शाह कायम हुने समझदारी भएको छ । अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ ।
दुवै १००% को स्वापमा मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । सभा प्रयोजनका लागि बैंकले जेठ २३ गते बुक क्लोज गरीसकेको छ । यसर्थ, जेठ २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।