राजनीति
काठमाडौं । नेपाल एसबीआई बैंकले मंगलबार ३२औं वार्षिकोत्सव मनाएको छ ।
यस अवसरमा बैंकले शपथ ग्रहण समारोहको आयोजना पनि गरेको थियो । यस अवसरमा बैंकका सबै कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे ।
साथै, उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारीवहन गर्नुपर्नेमा जोड दिए । त्यसैगरी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्याएकामा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे ।
प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडाले सबै सरोकारवाला तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोही दिन काठमाडौंको कमलादीस्थित कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको थियो ।