राजनीति
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछन् ।
मौद्रिक नीतिको मस्यौदा तयार पारिसकेका गभर्नर पौडेलले बिहिबार व्यवस्थापन समितिको बैठक बसेर छलफल गरेका थिए।
सोही साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग पनि छलफल गरेका थिए भने बिहिबार साँझ नै तयारी सञ्चालक समितिको बैठक बोलाएका थिए। स्रोतका अनुसार उक्त बैठकमा धेरै कुरा टुङ्गिसकेको छ।
मौद्रिक नीतिलाई अन्तिम रूप दिनको लागि आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको पनि बताइएको छ। स्रोतका अनुसार आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।
अघिल्ला वर्षहरूमा साउन पहिलो सातादेखि मौद्रिक नीतिहरू आउने गरेकोमा यो वर्ष नयाँ आएका गभर्नर पौडेलले पहिलो नीति असारभित्रै ल्याउने तयारी गरेका हुन् ।
वित्त नीति (बजेट) साउन १ गतेदेखि कार्यान्वयनमा आउने भएकाले बौद्धिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो ।