राजनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका छन्।
गभर्नर पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेका हुन्। नयाँ मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको एकल कर्जा सीमालाई बढाइएको छ।
हाल व्यक्तिगततर्फ १५ करोडसम्मको सीमा कायम रहेकोमा गभर्नर डा. पौडेलले बढाएर २५ करोड रुपैयाँ पुर्याएका हुन्।
त्यसैगरी राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई पुनरवलोकन गर्ने भएको छ। कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, मिडिया र सञ्चार क्षेत्रका व्यसायीहरुको प्रकृति र कर्जा भुक्तानी चक्रको अवस्थाअनुसार परिमार्जन गरिने नयाँ नीतिमा उल्लेख छ।
यस्तै आवासीय घरकर्जाको सीमा २ करोडबाट ३ करोड पुर्याइएको छ।
https://www.nrb.org.np/contents/uploads/2025/07/Monetary_Policy_2082-083.pdf