logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

डिजेल र पेट्रोलको मूल्य घट्यो


  • राजनीति
  • मंगलबार, असार ३१ २०८२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमले पेट्रोल प्रति लिटर पाँच रूपैयाँ र डिजेल–मट्टीतेलमा एक रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १ सय ४५ रुपैयाँ ५० पैसा, १ सय ४७ रुपैयाँ र १ सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १ सय ५७ रुपैयाँ ५० पैसा, १ सय ५९ रुपैयाँ र १ सय ६० रुपैयाँ तोकिएको छ ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमको विज्ञप्तिमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार