राजनीति
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ३ सय कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रुपैयाँले बढेको छ ।
महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा किनबेच भैरहेको छ । आइतबार चाँदी २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।