राजनीति
काठमाडौं । नेपाली बजारमा आइतबार आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस अघि भदौ १३ गते सुनको मूल्यले २ लाख ६ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो ।
शुक्रबारको तुलनामा आज सुन प्रतितोला ३ हजार रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ ।
आइतबार चाँदी प्रतितोला २ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।