राजनीति
काठमाडौं । २०८२ सालको बडा दशैंका लागि नयाँ (सुकिला) नोट भदौ २९ गतेदेखि साट्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै २०८२ सालको बडा दशैंका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ (सुकीला) नोट साट्न सकिने जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग थापाथली र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट र सर्वसाधारण र विभिन्न संघसंस्थाहरुलाई नयाँ नोट साटेन सकिने व्यवस्था मिलाइएको छ ।
हरेक वर्ष दशैं, तिहार लगायतका चाडपर्वहरुमा नेपालीहरुले दान दक्षिणा र पूजा आजा गर्नको लागि नयाँ नोट प्रयोग गर्ने प्रचलन रहेको छ । प्रत्येक वर्ष दशैंको अवसरमा नेपालीहरुले पुराना नोट दिएर नयाँ (सुकिला) नोट साट्ने गर्दछन् ।