logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


  • राजनीति
  • आइतबार, भाद्र २२ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम बनाएको छ। दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज १६ सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम भएको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य २ लाख १२ हजार कायम भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुन २ लाख १० हजार ४०० मा कारोबार भएको थियो।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार ४९० कायम भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार