logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

नेप्से परिसूचक ५८ अंकले बढ्यो


  • राजनीति
  • मंगलबार, असोज ७ २०८२

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं । नेप्से परिसूचक उच्च अंकले वृद्धि भएर बन्द भएको छ ।

मंगलबार नेप्से परिसूचक ५८.६३ अंकले वृद्धि भएर २६८२.२५ बिन्दुमा पुगेको छ । आज तीन सय २८ स्क्रिप्सनको एक करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर पाँच अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा सात स्टकको सेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । सप्तकोशी डेभलप्मेन्ट, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जि डेभलपमेन्ट र एसियन हाइड्रो पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

नेपाल इन्स्योरेन्स कम्पनी कारोबारको आधारमा शिर्ष स्थानमा रहन सफल भयो । सो कम्पनीको ३८ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

कारोबारमा आएकामध्ये २३८ स्टकको मूल्य बढ्दा १४ वटाको घट्यो । १३ वटा समूहको उपसूचककमा हरियाली छाएको छ । हाइड्रोपावर र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक ३ प्रतिशतले बढ्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार