राजनीति
काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि डिजिटल टिप्पणी सुरु भएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी सुरु भएको जानकारी गराएका हुन् । डिजिटल प्रणाली सुरु हुनुको अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहिन गराउन लागेको हो ।
यसले मुख्यः त तीन वटा प्रभाव पार्नेछ । पहिलो, पटक–पटक कागज प्रिन्ट गर्ने काम गर्नु परेन, दोस्रो, टिप्पणी उठाएर सम्बन्धीत अभिकारीको कोठा–कोठा चाहर्नु पर्ने छैन् । डिजिटल सिस्टमबाट नै काम हुनेछ ।
तेस्रो, प्रक्रिया घटाउनेछ । कुनै पनि निर्णय वा काम गर्ने टिप्पणी कुन मनसायले उठेको हो, सदर कहिले भएको हो, सबै प्रणालीमा बस्नेछ । पहिलेदेखि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गरेर काम गर्ने भनिए पनि कार्यान्वयन हुन ढिलाई भएको थियो ।
अर्थमन्त्री रामेश्वर खनालले तत्काल यो प्रणाली लागू गर्न निर्देशन दिएपछि शुक्रबारबाट सुरु गरिएको हो ।