logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्राधिकरणले तोक्यो हवाई भाडा, कहाँको कति ?


  • राजनीति
  • शुक्रबार, असोज १७ २०८२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडबाडको समयमा हवाई भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नयाँ भाडादर तोकेको छ ।

प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै काठमाडौं भरतपुरको ४ हजार ६४३, काठमाडौं भद्रपुर १२ हजार ११२, जनकपुरको ५ हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।

यस्तै काठमाडौं धनगढीको १७ हजार ५७९, सिमराको ३ हजार ९७८, भैरहवाको ८ हजार ४६१, राजविराजको ८ हजार २१०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६३० रुपैयाँ तय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार